काठमाडौं - कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्ष मत दिएका छन् । 

फ्लोर क्रस गर्नेमा एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् । 

उनीहरुलाई नेकपा एमालेले आजै कारबाही गर्ने भएको छ । पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गर्न लागिएको कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजंग शाहले जानकारी दिए । 

यसअघि एमालेले  शाहीविरुद्ध विश्वासको मतदान दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो ।