सेयर बजारमा भारी गिरावट
काठमाडौं - सेयर बजारमा अन्तिम कारोबार दिन आज (बिहिबार) पनि गिरावट आएको छ। बुधबार झिनो अंकले बढेको बजारमा फेरि गिरावट आएको हो ।
नेपाली सेयर बजार केहि दिन यता दिनहुँजसो घटिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक ५०.२८ अंकले घटेर २९२६.७४ विन्दुमा आइपुगेको छ । आज नेप्से परिसूचक १/६९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । यस्तै, सेन्सेटिभ परिसूचक ८.९० अंकले घटेर ५४१.७८ विन्दुमा पुगेको छ ।
आज कूल २३० कम्पनीको एक करोड ८१ लाख ९ हजार ९६७ कित्ता सेयर खरिदबिक्री ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सानिमा लाईफ इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त, चन्द्रागिरी हिल्सलगायतका लगानीकर्ताले सर्वाधिक कमाउँदा नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण कावेली पावर लगायतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस