काठमाडौं,एजेन्सी-युक्रेनको राजधानी कीभमा बुधबार एउटा हेलिकप्टर दुर्घटना भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हेलिकप्टर दुर्घटना बाल हेरचाह केन्द्र र विद्यालय (किन्डरगार्टन) नजिक भएको हो। दुर्घटनामा २ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । जसमा गृहमन्त्री डेनिस मोनास्टिरस्की पनि पर्छन्।

युक्रेनको अखबार 'कीभ इन्डिपेन्डेन्ट'का अनुसार हेलिकप्टरमा सवार सबै ९ जनाको मृत्यु भएको छ । यसबाहेक मारिएका नौ जनामध्ये दुई बालबालिका पनि छन् । यी बालवाडीमा उपस्थित थिए। बाँकी यस बालगृहका कर्मचारी हुन्। कुल २२ जना घाइते भएका छन् भने १० जना बालबालिका रहेका छन् ।

दुर्घटनाका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । बालगृहमा आगलागी भएको छ । कीभका गभर्नर ओलेसी कुलेबाले आफ्नो टेलिग्राम च्यानलमा भने– दुर्घटना बालगृह नजिकै भएको हो । त्यहाँ रहेका बालबालिका र केही कर्मचारीको पनि मृत्यु भएको छ । २२ जना गम्भीर घाइते भएका छन् ।

यो कुन हेलिकप्टर हो र के कारणले दुर्घटना भयो भन्ने बारे अधिकारीहरुले भने अझै खुलाएका छैनन् । ब्रोभरी वास्तवमा एउटा सहर हो। यसको जनसंख्या करिब एक लाख छ। यो किभको पूर्व स्थित छ।