काठमाडौं - नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने बताइएको छ ।

बिहिबार सिआईबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा डा. शर्मालाई पक्राउ गरेको थियो । यद्यपि, काठमाडौं जिल्ला अदालतको आदेशबाट उनी पक्राउ गरेको दुई दिनमै थुनामुक्त भएका थिए ।