काठमाडौं - प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । चैत २७ गते शुक्रबारका लागि बैठक बोलाइएको भए पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको हो । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत २७ गतेलाई बोलाइएको बैठक चैत ३० गतेका लागि सारिएको हो । समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारेमा छलफलका लागि बोलाइएको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।

यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो ।