स्वास्थमन्त्री बन्न तयार छुः गगन थापा
काठमाडौं, चितवन - नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफू स्वास्थ्यमन्त्री बन्न तयार भएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका हुन् ।
नेता थापाले आफूलाई संसदमै बस भने पनि ठीक भएको र सरकारमा आएर काम गर भने तयार भएको बताए । तर, आफूले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न कुनै दबाब नदिएको बताएका छन् ।
थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २/३ दिनभित्र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरेका छन् । तर, उनले देश कोरोना महामारीसँग लडिरहे पनि सरकारले स्वास्थमन्त्री बनाउन नसकेको टिप्पणी गरेका छन् ।
भूमि सम्बन्धी समस्या समाधान आयोगमा ओली सरकारले कार्यकर्ता भर्ती गरेकाले खारेज गरिएको गगनको तर्क गरेका छन् । ‘संसदमा छलफल नगरी आयोगमा कार्यकर्ता भर्ती गरे, त्यसैले रुने कराउने काम बेकारको हो’ । उनले सुकुम्बासी समस्या आफूहरुको पनि समस्या भएको भन्दै छिटो समस्या हल हुनुपर्ने बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस