बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
बालुवाटारमा केही समयदेखि बैठक जारी रहेको स्रोतले बताएको छ । बिहीबार बिहान ११ बजे बोलाइएको सचिवालय बैठक ४ घण्टा पछि सारिएर दिउँसो ३ बजे बस्नेगरी बोलाइएको थियो ।
आजको बैठकमा राष्ट्रियसभाको रिक्त पदमा सिफारिस र कार्यदलको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ । रिक्त पदमा युवराज खतिवडा कि वामदेव गौतम भन्नेमा टुङ्गो लाग्ने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई दोहोर्याउन चाहेका छन् तर, यसअघि फागुन १४ गते नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई सुझाव दिएको थियो । जुन निर्णय प्रधानमन्त्री ओलीले लागू गरेका छैनन् ।
फेसबुक पेज Like गर्नुहोस