खुल्लामञ्चमा सर्वसाधारणलाई खाना खुवाउँदै पूर्वप्रधानमन्त्री भट्टराई
खबर एक्सप्रेस
२०७७-०६-१४ ०२:३९ मा प्रकाशित
Total Shares: 267
काठमाडौं - जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खुल्लामञ्च पुगेर सर्वसाधारणका लागि खाना खुवाएका छन् ।
बुधबार बिहान ९ बजे खुल्लामञ्च पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले केही महिनादेखि खाना खुवाईरहेको हाम्रो टिम नेपाल नामक संस्थालाई हौसला प्रदान गर्दै सर्वसाधारणलाई खाना बाँडेका थिए । खाना बाँड्ने क्रममा उनले सर्वसाधारणहरुसँग केहीबेर कुराकानी समेत गरेका थिए ।
भट्टराईले राज्यले गर्नुपर्ने काम गरेको भन्दै संस्थाप्रति खुशी व्यक्त गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस