काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेमाथि अब फरक ढंगको कारबाही हुने छ ।

प्रहरीले यसअघि अटेर गरी घरबाहिर निस्कनेलाई पक्राउ गर्ने गरेको थियो । तर, अब भने अत्यावश्यक बाहेक घरबाहिर निस्कनेलाई सडकमा दुई घण्टासम्म उभ्याइने भएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख डिआईजी विश्वराज पोखरेलले काठमाण्डु उपत्यकामा बिहानैदेखि लकडाउन उल्लंघन गर्नेलाई सडकमा उभ्याउन थालिएको बताए ।

उनीहरुलाई सडकमा उभ्याएर कोभिड–१९ बारे सचेतनामुलक जानकारी गराइने जानकारी दिए । पक्राउ गरेर राख्या संक्रमणको जोखिम बढ्ने भएकाले उनीहरुलाई सामाजिक दूरीमा राखेर सडकमा खटिएका प्रहरीले सचेतना कक्षा लिने उनको भनाइ छ ।