श्वेत गंगा हाइड्रोको आईपीओ खुल्यो
खबर एक्सप्रेस
२०७९-०४-०४ ०८:५२ मा प्रकाशित
Total Shares: 194
काठमाडौं - श्वेत गंगा हाइड्रो पावरले आजदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो।
कूल सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि साउन ८ गतेसम्मआवेदन दिन सक्नेछन्।

.gif)


फेसबुक पेज Like गर्नुहोस