काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आगामी जेठ २५ मा वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको संचालक समितको बैठकले साधारणसभाको मिति तय गरेको हो । साधारणसभामा कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने विषेश प्रस्ताव लैजाने बताएको छ । हकप्रद शेयर जारी गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव रहेको कम्पनीले जनाएको छ । त्यस्तै साधारणसभामा चौंथो वार्षिक प्रतिवेदन उपर छलफल गरिने पनि बताइएको छ ।

लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०७६/७७ को नाफा, नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरुको छलफल गर्ने कम्पनीले जनाएको छ । कम्पनीको नियमावलीमा प्रस्तावित संसोधनलाई नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव राखेको छ ।

साथै कम्पनीले आव २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बताएको छ । स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने र सर्वसाधारणहरुलाई छुट्टयाएको शेयरमध्येबाट कर्मचारीहरुको हकमा जारी गर्ने शेयरको सम्बन्धित प्रस्ताव रहेको पनि कम्पनीले जनाएको छ ।