‘ओली पक्षका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोध छन, गुटका कारण बोल्न सकेनन्’
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोध रहेको बताएका छन् ।
मंगलबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली पक्षका ९० प्रतिशत सांसद विघटनको विरोध रहेको र गुटका कारण बोल्न नसकेको बताएका हुन् । ‘केपीजी पक्षका ९० प्रतिशत सांसद विघटनको विरुद्धमा छन्, गुटमा भएकाले बोल्न केही समस्या भएको हो’ उनले भने ।
यस्तै, अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग संयुक्त आन्दोलनमा जाने विषयमा छलफल भइरहेको पनि बताएका छन् । ‘आन्दोलन भइराखेको छ। यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ। हिजो मैले यसलाई संयुक्त बनाऔं भनेर शेरबहादुर देउवासँग कुरा गरेँ । जसपाका नेताहरूसँग पनि कुरा गरिराखेकै छु । केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ’ उनले भने ।
आफू शान्तिपूर्ण राजनीति गर्न प्रतिबद्ध रहेको बताउँदै उनले संसद पुनःस्थापना हुनेमा पूर्ण विश्वस्त रहेको पनि बताए ।
फेसबुक पेज Like गर्नुहोस