काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ ।

प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०२औं शाखा हो । 

मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।