काठमाडौं - बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
१९२ जनाको परीक्षण गर्दा ४७ जनाको पोजिटिभ आएको प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतले जानकारी दियो। उनीहरु अधिकांश भारतबाट फर्किएका हुन्।

.gif)


