अन्तर्राष्ट्रिय विमानस्थलमा २० लाखकी पर्यटन परी
खबर एक्सप्रेस
२०७६-११-०९ ११:०० मा प्रकाशित
Total Shares: 311
काठमाडौं - कालो सारीमा रातो पारी (किनारा), सेतो पछ्यौरीमा रातो पारी ।
नेवारी मैचाको पहिरनमा सजिएकी पर्यटन परीले नेपाली, चिनियाँ र अंग्रेजी भाषामा बोल्न थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई दंग परे ।
परीले मन्त्री भट्टराईलाई मिठासपूर्ण स्वरमा भनिन्,‘नमस्कार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ ।’
उनले यति के भनेकी थिइन्, विमानस्थलमा ताली गडगडाउन थाल्यो । सबैजना परीको सामिप्यमा पुग्न तँछाडमछाड गर्न थाले । ती पर्यटन परी सेलिब्रिटी नै बनेकी थिइन् ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस