काठमाडौं - आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सरेको छ ।

शुक्रबार बिहान ११ बजेलाई पेरिसडाँडामा बोलाइएको सचिवालय बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको स्रोतले बताएको छ ।

बैठकका लागि पेरिसडाँडामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको छ । पेरिसडाँडामा पहिलोपटक बैठक बस्न लागेको हो ।

गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान छलफलका लागि सचिवालय बैठक बोलाइएको हो । बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले आज बैठक बस्ने तय गरेको थियो ।