वीरगन्ज - सर्लाहीको नारायणपुर नाकामा नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

नेपाल आउन खोजेका भारतीयलाई ड्युटीमा रहेका सशस्त्रले रोक्न खोज्दा आक्रमण गरेर हतियार खोसेका छन् । खोसेको हतियार फिर्ता लिन प्रहरीले गोली प्रहार गरेको प्रहरीको उच्च स्रोतले बताएको छ ।

भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ।