इटालीद्वारा हंगेरी पराजित
काठमाडौं, एजेन्सी - युइएफए नेसन्स लिग ए ग्रुप ३ को खेलमा इटालीले हंगेरीलाई पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा घरेलु टोली इटालीले हंगेरीलाई २–१ गोलले हराएको हो । इटालीको जितमा निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले गोल गरे । हंगरीले उपहार गोल पाएको थियो ।
खेलको ३०औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इटालीले सुरुवाती अग्रता लिएको थियो । ४५औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे ।
६१औं मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि हंगेरी २–१ को स्थितीमा आएको थियो । तर, त्यसपछि थप गोल हुन सकेन र नतिजा इटालीको पक्षमा गयो ।
इटाली दुई खेलबाट ४ अंक जोडेर समूहमा शीर्षस्थानमा उक्लिएको छ । हंगेरी ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । जर्मनीको २ तथा इंग्ल्यान्डको १ अंक छ । मंगलबार राति नै भएको अर्को खेलमा जर्मनी र इंग्ल्याण्डले बराबरी खेलेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस