काठमाडौंमा गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन् : एसएसपी अधिकारी
काठमाडौं - काठमाडौं प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अपरेशनलाई अझ कडाइका साथ अघि बढाउने चेतावनी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार गुण्डागर्दी र अवाञ्छित गतिविधि गर्नेहरूलाई खोजीखोजी कारबाहीको दायरामा ल्याउने बताएकडा हुन् ।
‘गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्,’ एसएसपी अधिकारीले भने, ‘काठमाडौँमा यस्ता गतिविधि गर्नेहरूको नामावली तयार भइसकेको छ र अपरेशन निरन्तर जारी छ ।’
उक्त अभियानअन्तर्गत शुक्रबार महाराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरिएको थियो। पक्राउ परेकामध्ये कुख्यात चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधिको आरोपमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बाँकी २८ जनालाई प्रहरीमा हाजिर हुने शर्तमा रिहा गरिएको छ तर उनीहरूमाथि पनि अनुसन्धान जारी रहेको अधिकारीले स्पष्ट पारे। ‘१९ जनाविरुद्ध थप उजुरी आउनसक्ने भएकाले जो कोहीले पनि उजुरी दिन सक्नुहुन्छ,’ उनले भने ।
प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा सञ्चालन भइरहेको यो अपरेशन निरन्तर जारी रहनेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस