रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न नेकपाको माग
खबर एक्सप्रेस
२०७७-१०-२९ ०२:३३ मा प्रकाशित
Total Shares: 551
काठमाडौं - नेकपा दाहाल–नेपाल समूहले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ती जारी गर्दै झाँक्रीलाई निशर्त र अविलम्ब रिहा गर्न माग गरेका हुन् ।
‘पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य कमरेड रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’
फेसबुक पेज Like गर्नुहोस