काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ५ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ हजार ६६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल ४ हजार ३८४ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, ६८ जना क्वारेन्टिनमा रहेका छन् ।