काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।