काठमाडौं - काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा रातभर पानी परेको छ। पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा अत्यधिक वर्षा भएको हो।
हाल लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्। लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि बाढी पूर्वानुमान महाशाखाले हाललाई अवस्था सामान्य रहेको जनाएको छ। कर्णालीका हिमाली भेगबाहेक अन्य सबै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षाको क्रम अझै बढ्नेछ र केही स्थानमा मुसलधारे तथा आरीघोप्टे वर्षाको सम्भावना रहेको छ।



