महरामाथि अनुसन्धानका लागि फेरि म्याद थप्ने तयारी, आज अदालतमा उपस्थित गराइँदै
खबर एक्सप्रेस
२०८०-१२-०९ ०९:१० मा प्रकाशित
Total Shares: 79
काठमाडौं - सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई आज अदालत लगिने भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लिने तयारी गरेको हो ।
गत सोमबार पहिलो दिन अदालतबाट लिएको ४ दिनको म्याद बिहीबार सकिएकाले सीआईबीले थप अनुसन्धानका लागि भन्दै महराविरुद्ध म्याद थप्ने तयारी गरेको हो ।
तर पूर्वसभामुख महरालाई अदालतको आदेशमा बिरामी भन्दै पहिलो दिनदेखि नै नर्भिक अस्पतालमा राखिएको छ । सुन तस्करी प्रकरणमा मुछिएपछि उनलाई यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस