ओलीका वकिललाई प्रधानन्यायाधीशको चेतावनी : कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका अधिवक्तालाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।
ओली पक्षीय अधिवक्ता राजाराम घिमिरेले प्रतिनिधिसभा विघटनका मुद्दा ११ न्यायाधीशले हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि राणाले निवेदन फिर्ता नलिए मुद्दा चलाउने चेतावनी दिएका हुन् ।
आइतबारको इजलास सुरु हुनेबित्तिकै अधिवक्ता घिमिरेले निवेदन पेस गरेका थिए । त्यसपछि राणाले सो निवेदन फिर्ता लिन आग्रह गरेका थिए । ‘इजलासप्रति मर्यादा राख्नुपर्छ । विश्वास पनि गर्नुपर्छ । तपाईंहरूले गर्नुभएको निवेदन जुन किसिमको विषयवस्तु राख्नुभएको छ, यो हेर्दा कुनै पनि न्यायाधीशले मुद्दा हेर्न सक्ने अवस्था हुन्न ।’ राणाले भने, ‘ त्यसकारण यो निवेदन फिर्ता लिनुहोस् अन्यथा कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु ।’
प्रधान न्यायाधीशले फिर्ता लिन भने पनि निवेदकले मानेका छैनन् ।
राणाले आइतबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छानेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस