लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
खबर एक्सप्रेस
२०७८-०३-०२ ०३:१६ मा प्रकाशित
Total Shares: 373
काठमाडौं - लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । योसँगै अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो खुलेको छ ।
विपक्षी गठबन्धनले आफूहरूको बहुमत हुँदा हुँदै मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै विरोध गर्दै आएका थिए । तर, नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै तत्कालका लागि त्यो विवाद अन्त्य भएको छ ।
प्रदेश प्रमुख धर्मनाथ साहले जेठ २५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस