काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको  ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नीति खारेज गर्न माग गरेका छन् । 

बुधबार सामाजिक सञ्जालमार्फत् प्रचण्डले सरकारको सो नीतिलाई कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने कार्य भएको बताए । 

‘असंबैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस।’ प्रचण्डले भने ।