नेपालमा पहिलोपटक उपचारमा संलग्न डाक्टरलाई कोरोना संक्रमण
काठमाडौं - नेपालमा पहिलो पटक उपचारमा संलग्न डाक्टरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ती डाक्टर ललितपुरको पाटनमा बस्दै आएका स्रोतले बताएको छ ।
ती डाक्टर आफैँ कोरोना रेस्पोन्स टिममा संलग्न थिए। राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। महाशाखामै कार्यरत डाक्टरलाई कोरोना भएको पाइएपछि उनलाई टेकु अस्पतालकै आइशोलेसनमा राख्ने तयारी गरिएको छ।
उनी कन्ट्याक्ट ट्रेसिङको क्रममा कपिलवस्तु गएका स्रोतले जनाएको छ। कपिलवस्तुमा जाँदा संक्रमण भएको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो।
फेसबुक पेज Like गर्नुहोस