काठमाडौं - नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य २ हजार र चाँदी २० रुपैयाँले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको भाउ २ लाख ४८ हजार १०० कायम भएको छ। गत शुक्रबार एक तोला सुन २ लाख ४६ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार २१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार सोही परिमाणको चाँदी ३ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

.gif)



