काठमाडौं - लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला कारागारबाट फरार भएका एक अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ घर भई काठमाडौंको बाफलमा बस्दै आएका २९ वर्षीय कविराज गोले रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोले लागुऔषधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि महोत्तरी जिल्ला कारागारमा थुनामा थिए । उनी २०८२ साल भदौ २४ गते भएको घटनाका क्रममा कारागारबाट फरार भएका थिए ।
कारागारबाट फरार भएपछि खोजीमा रहेको उनलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले काठमाडौं महानगरपालिका–४, बाफलबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका गोलेलाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

.gif)



