शिक्षकहरूको आन्दोलनको तेस्रो दिन:ट्राफिक व्यवस्थापन अस्तव्यस्त
खबर एक्सप्रेस
२०८०-०६-०५ १२:२५ मा प्रकाशित
Total Shares: 91
काठमाडौं-शिक्षकहरूको तेस्रो दिनको आन्दोलन सुरू भएको छ। आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। माइतीघर मण्डादेखि नयाँ बानेश्वरसम्म सवारी साधन चलेका छैनन्। संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध शिक्षकहरूले मंगलबारदेखि जारी छ।
अहिले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरू र सरकारबीच तेस्रो चरणको वार्ता जारी छ। सिंहदरबारमा सरकारका मन्त्रीसहितको टोली र आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघका पदाधिकारीबीच वार्ता भइरहेको छ।
वार्तामा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ,शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र शिक्षकको तर्फबाट नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस