सगरमाथा इन्स्योरेन्सद्धारा १२ करोड भुक्तानी
खबर एक्सप्रेस
२०७९-०३-२७ १०:४५ मा प्रकाशित
Total Shares: 186
काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई उक्त रकम भुक्तानी गरको हो ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेलीले मादी पावरका जेनेरल म्यानेजर विइ जुनचाओलाई सो रकम बराबरको चेक प्रदान गरे । साथै, इन्स्योरेन्सले यो आर्थिक वर्ष २०७८÷७९ भित्रै एक अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस