काठमाडौं - सुनको मूल्यमा आज सामान्य वृद्धि आएको छ । आज (सोमबार) सुनको मूल्य दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन ।  यस्तै आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घट्दा १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।