नयाँ बानेश्वरमा गुड्दागुड्दैको बस भासियो
खबर एक्सप्रेस
२०८०-१०-१२ ०१:१७ मा प्रकाशित
Total Shares: 68
काठमाडौं- काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा गुड्दागुड्दै भासिएको हो ।
सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । यात्रुहरू भने बाहिर निस्किएका छन् ।
२ वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।
फेसबुक पेज Like गर्नुहोस