एप्पल वल्र्ड मोबाइलको भ्यालेन्टाइन एक्सचेञ्ज अफर
काठमाडौ - एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टाइन डे को अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेञ्ज अफर ल्याएको छ । कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिनेछ ।
मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रहेको एप्पल वल्र्डको मोबाइलमा सञ्चालन हुने उक्त अफरमा १० हजारदेखि २ लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल एक्सचेञ्ज तथा खरीद गर्न सकिनेछ । एप्पल, सामसुङ, नोकिया, साओमी, वन प्ल, भिभो, ओप्पो, कुल प्याड लगायतका मोबाइलमा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।
यो अफरमा मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपी अनिवार्य रुपमा ल्याउनुपर्ने एप्पल वल्र्ड मोबाइलका प्रमुख कार्यकारी अधिकृत निराजन मल्लले बताए । उनले भने,‘जोडीले नै दुई वटा मोबाइल खरीद वा एक्सचेञ्ज गर्दा मोबाइलको मूल्य अनुसार स्पीकर, हेडफोन, इयर पड लगायतका उपहारहरु निशुल्क पाउनेछन् ।’
उनका अनुसार यो अफर फागुन १ देखि एक सातासम्म सञ्चालन हुनेछ । यो मोबाइलमा विभिन्न ब्राण्डका स्मार्टवाच समेत उपलब्ध हुने उनले जानकारी दिएका छन । मल्लका अनुसार एकै पटक रकम भुक्तान गर्न नसक्ने सेवाग्रहीले किस्ताबन्दीमा शुन्य प्रतिशत व्याजदरमा मोबाइल तथा अन्य उपकरणहरु खरिद गर्न सक्ने पनि जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस