काठमाडौं - दिनदिनै बढिरहेको सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।