काठमाडौं - मन्त्रिपरिषदको बैठक सकिएको छ । 

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने नगरेको एक मन्त्रीले जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेपछि मन्त्रिपरिषद बैठक डाकेका थिए । त्यसअघि पार्टीको स्थायी समिति बैठक बसेको थियो ।