अध्यादेश ल्याउनु गलत, स्वीकार्य छैनः महामन्त्री शर्मा
काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले संक्रमणकालमा अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन् ।
शर्माले संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु गलत भएको प्रतिक्रिया दिएका हुन् ।
सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि कांग्रेस महामन्त्री शर्माले ट्वीटमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै लेखेका छन्–
सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य !
त्यसैले सार्वजनिक दर्ज होस् असहमति… !
संक्रमणकाल´मा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, @PM_nepal_यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ !

.gif)



फेसबुक पेज Like गर्नुहोस