काठमाडौं - नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको छ । 

बैशाख १० गते नेकपा एमालेको केन्द्रीय कमिटीले नेपालसहितका नेतालाई कारबाही गर्ने सूचना प्राप्त भएको भएपछि उनीहरुले त्यसलाई रोक्न रिट निवेदन दर्ता प्रक्रियामा गएका हुन् । केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेत विपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका हुन्।  

नेकपाका नेता एवं सांसद माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र  घनश्याम भुसालले ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख, संसद सचिवालयलाई विपक्षी बनाएर रिट दर्ता गरिएको छ ।