ओलीको कटाक्ष: 'गठबन्धनका मित्रहरूलाई दशैं आएजस्तै भएको छ'
खबर एक्सप्रेस
२०७८-०४-२६ ०२:१८ मा प्रकाशित
Total Shares: 392
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन असाध्यै हौसिएको बताएका छन्।
आज प्रतिनिधि सभामा बोल्दै ओलीले सत्ता गठबन्धन दशैंमा केटाकेटी आँगनमा नाचेजस्तो नाचिरहेको बताए ।
‘असमान्य ढंगले सरकार परिवर्तन भएकाले होला । सत्ता गठबन्धनका मित्रहरू असाध्यै हौसिनुभएको छ। केटाकेटी आँगनमा नाचेजस्तो नाच्नै ठिक्क। एक महिनासम्म बधाई र शुभकामना खुब चलेको छ। दशैं आएजस्तै भएको छ,’ ओलीले भने ।
उनले सरकारले एक महिनामा केही काम नगरेको बताए ।
फेसबुक पेज Like गर्नुहोस