प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको सूची सार्वजनिक
खबर एक्सप्रेस
२०७९-०६-२५ ०७:३९ मा प्रकाशित
Total Shares: 169
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारको सूची सार्वजनिक गरेको छ।
आयोगले सार्वजनिक गरेको सूची अनुसार प्रतिनिधि सभातर्फ कुल २ हजार ५२६ उम्मेदवार रहेका छन्। जसमध्ये २३५ जना महिला र २ हजार २९१ पुरुष रहेका छन्।
यस्तै, प्रदेश सभातर्फ कुल ३ हजार ४७६ उम्मेदवार र २९७ जना महिला उम्मेदवार र १ जना अन्य उम्मेदवार रहेका छन्। आयोगले भोलिसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस