रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा
खबर एक्सप्रेस
२०७७-०३-०४ ०८:२५ मा प्रकाशित
Total Shares: 262
काठमाडौं - भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको प्रगतिमा निर्माधीन जयनगर बर्दिबास रेलमार्ग ६९ किमिमध्ये जयनगर–जनकपुर रेल ३८ किमि खण्डमा निर्माणकार्य सम्पन्न गरेको छ भने सो खण्डमा रेल सेवा सञ्चालननिम्ति आवश्यक प्राविधिक भर्ना प्रक्रिया अन्तिम चरणमा रहेको र भारतीय रेल्वे कम्पनीसँग जीटुजीमार्फत खरीद भएको रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
मन्त्रालयले भारत सरकारको सहयोगमा निर्माणाधीन जोगबनी विराटनगर रेलमार्ग १८ किमिमध्ये १० किमि रेलमार्ग निर्माण र बाँकी क्षेत्रमा ८० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।
राजधानी दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस