प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड र खनाल
काठमाडौं - प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच आइतबार छलफल भएको छ । यसअघि उनीहरुको भेट चार दिनपहिले भएको थियो ।
प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनालसमेत प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले जनाएको छ । ‘अहिले उनीहरुबीच छलफल भइरहेको छ ।
उनीहरुबीच गत मंगलबार बालुवाटारमा सामान्या कुराकानी भएको थियो । उक्त दिन पार्टीले बोलाएको स्थायी कमिटीको बैठकमा सहभागी हुन पुगेका प्रचण्ड र खनालले बैठक स्थगित भएपछि ओलीलाई भेट गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई उक्त बैठकमा स्थगित नगरी सहभागी हुन अनुरोध गरे पनि उनी सहभागी भएका थिएनन् । बैठकमा ओली सहभागी नभएपछि प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २९ जना स्थायी कमिटी सदस्यहरु बैठक बसेका थिए । बैठकले एकलौटी रूपमा ओलीले बैठक रोक्नु विधानविपरीत भएको बताएका थिए ।
सोही दिन साँझ करिब ७ बजे प्रधानमन्त्री ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैँसीपाटी पुगेका थिए ।
फेसबुक पेज Like गर्नुहोस