निफ्रा, चन्द्रागिरिसहित यी ५१ कम्पनीको शेयर मूल्यमा व्यापक चलखेल
काठमाडौं - नेपाल धितोपत्र बोर्डले केही कम्पनीले शेयर बजारमा चलखेल गरेको निष्कर्ष निकालेको छ ।
मंगलबार विज्ञप्ति निकालेर बोर्डले ५१ वटा सूचिकृत कम्पनीले सेयर मूल्य चलेखेल गरेर बढाएको निष्कर्ष निकालेको हो । साथै, त्यो अस्वभाविक वृद्धि अप्राकृतिक रहेको बोर्डले जनाएको छ ।
केही कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढेपछि बोर्डले कमिटी नै बनाएर अध्ययन गरेको थियो । बोर्डले सर्कुलर टेड्रिङ कर्नरिङ तथा पप्प एन्ड डम्प (इन्साइडर ट्रेडिङ) लगायतको अध्ययन गर्न कमिटी बनाइएको थियो । उक्त समितिको अध्ययनको आधारमा ५१ कम्पनीको सेयर मूल्यमा चलखेल गरेर बढाएको निष्कर्षसहित बोर्डले उक्त कम्पनीको सूची सार्वजनिक गरेको छ ।
चलखेल गरिएका कम्पनीमा महिला लघुवित्त, चन्द्रागिरी हिल्स, नेपाल पुनर्बीमा कम्पनी, विशाल बजार कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकलगायत छन् ।
ती कम्पनीहरूको भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका विषयमा विस्तृत अध्ययनसमेत अघि बढाइएको बोर्डले जनाएको छ। बोर्डले १ वर्षमा सेयर मूल्य ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएका, पीई रेसियो १०० भन्दा बढी भएका, प्रतिसेयर आम्दानी नेगेटिभ भएका र प्रतिसेयर नेटवर्थ १०० भन्दा कम भएका र कम्पनीको वर्तमान वित्तिय क्षमताको मूल्यांकन गरेर उक्त सूची सार्वजनिक गरेको बोर्डले जनाएको छ । साथै, धितोपत्र बजार बढेसँगै जोखिम पनि बढिरहेकाले सचेत हुन लगानीकर्तालाई सुझाएको छ।
फेसबुक पेज Like गर्नुहोस