काठमाडौं - सरकारले नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) आज नियुक्ति गर्ने भएको छ । सम्भवतः  आज (सोमबार) को मन्त्रिपरिषद् बैठकले भावी आईजीपी टुंगो लगाउन लागेको हो । तर बैठक कति बजे बस्ने बारे जानकारी दिइएको छैन ।

३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ पर्सि (बुधबार) बाट अवकाशमा जाँदैछन् । आईजीपी प्रतिस्पर्धामा चार एआईजी छन् । ३३औं आईजीपीको दाबेदारमध्ये दानबहादुर कार्की पहिलो नम्बरमा छन् ।