काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५९४ जनामा परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

त्यस्तै, आज कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको खबर छ भने ४७१ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या २ हजार ६८८ रहेको छ ।