एनसीसी बैंकले सुरु गर्यो मोको डिजिटल वालेट मार्फत भुक्तानी सेवा
काठमाडौं - एनसीसी बैंकले मोको डिजिटल वालेट मार्फत भुक्तानी सेवा सुरु गरेको छ । बैंकले आफ्नो भीसा डेविट कार्ड तथा क्रेडिट कार्ड बाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको हो ।
यसबााट बैंकका ग्राहकले मोवाइल वालेट बाटनै भर्चुवल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपयोग गर्न सक्नेछन् । साथै मोको डिजिटल वालेट मार्फत स्क्यान टु पे माध्यमबाट एक हजार पाँच सय भन्दा बढी मर्चेन्टहरुमा भीसा क्यूआर कोड प्रयोग गरी भुक्तानी समेत गर्न सकिन्छ ।
मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।
बैंकले देशैभर १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
एनसीसी बैंक बिगत २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस