कांग्रेसको बैठक आज पनि बस्दै
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 6
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबारदेखि जारी बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्ने जानकारी दिए।
बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको छ । महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका प्रस्तावहरुमाथि छलफल हुने छ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले बैठकमा आगामी भदौ २४–२६ गतेसम्म १५ औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस