काठमाडौं - दोलखा केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।

 राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको हो। यो १२ वैशाख २०७२ को विनाशकारी भूकम्पकै परकम्प हो/होइन केन्द्रले खुलाएको छैन।