कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 15
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित गरेको छ ।
समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सो कार्यविधि पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा कपिलवस्तुलगायत केही जिल्लामा पार्टीका आधिकारिक उमेदवारविरुद्ध उमेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक/समर्थक तथा पार्टी अनुशासनविपरीत क्रियाकलापमा संलग्न सदस्यका सम्बन्धमा छलफल भएको कांग्रेसले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस